बलिउड निर्देशक कुन्दन शाहको निधन


बलिउड निर्देशक कुन्दन शाहको ६९ वर्षको उमेरमा निधन भएको छ। फिल्म ‘जाने भी दो यारो’ र ‘कभी हाँ कभी ना’ निर्देशक शाहको हृदयघातका कारण मृत्यु भएको उनकी छोरीले जानकारी दिएकी हुन्।

भारतीय समाचारमाध्यमका अनुसार शनिबार दादरस्थित शवदाह गृहमा शाहको अन्तिम संस्कार गरियो।

कुन्दनले ‘क्या कहना, दिल है तुम्हारा, पि से पिएम तक’ जस्ता फिल्म र टिभी कार्यक्रम ‘नुक्कड’ र ‘वागले की दुनियाँ’ पनि निर्देशन गरेका थिए। शाहलाई उनको पहिलो फिल्म ‘जाने भी दो यारो’ का लागि इन्दिरा गान्धी अवार्डबाट सम्मानित गरिएको थियो। उनले नेशनल अवार्ड पनि पाएका थिए।

सन् २०१५ नोभेम्बरमा अन्य २३ निर्देशकसँग मिलेर ‘नेशनल अवार्ड’ फिर्ता गर्ने भएपछि उनी चर्चामा आएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.