मुम्बई प्रशासनले भत्काइदियो शाहरूख खानको ‘अवैध’ क्यान्टिन


बलिउड अभिनेता शाहरुख खानको प्रोडक्सन हाउस ‘रेड चिलीज’ को अवैध क्यान्टिन मुम्बई प्रशासन ्ल भत्काइदिएको छ। मेलोडमा रहेको उक्त क्यान्टिन शाहरुखले आफ्नो कार्यालयका कर्मचारीका लागि बनाएका थिए। खुला छत ढाकेर बनाइएको यो क्यान्टिन सुरक्षित नरहेको पनि बताइएको छ।

भारतीय समाचारमाध्यमका अनुसार शाहरुख र पत्नी गौरीले प्रोडक्सनको कामका निम्ति मलाडमा १६ तलाको डिएलएच पार्क भवनको चौथो तला किनेका थिए। त्यसबाहिरको खुला छत ढाकेर कर्मचारीका लागि क्यान्टिन बनाइएको थियो।

रेड चिलीजका प्रवक्ताले भने यो व्यवसायिक क्यान्टिन नभएको बताएका छन्। उनका अनुसार कर्मचारीले घरबाट ल्याएको खाना त्यहाँ बसेर खान्छन्।

नगरपालिकाले भने छत खुला राख्नुपर्नेमा उनीहरुले ढाकेर प्रयोगमा ल्याएको भन्दै भत्काएको बताएको छ।

रेड चिलीजको क्यान्टिन भत्काउँदै मुम्बई नगरपालिकाका कर्मचारी। तस्बिरः टाइम्स अफ इन्डिया

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.