बलिउड अभिनेत्री हेमा मालिनीको गोदाममा चोरी

बलिउड अभिनेत्री हेमा मालिनीको गोदाममा चोरी


बलिउड अभिनेत्री तथा भाजपा सांसद हेमा मालिनीको गोदाममा चोरी भएको छ। चोरीमा उनकै घरमा काम गर्नेको संलग्नता रहेको पाइएपछि मुम्बई प्रहरी उसको खोजीमा लागेको भारतीय समाचारमाध्यमले जनाएका छन्।

समाचारमाध्यमका अनुसार पश्चिम अँधेरीको डिएन नगरस्थित गोदाममा चोरी भएको खबर मंगलबार मात्र सार्वजनिक भएको हो।

गोदामबाट हेमाले फिल्म तथा शोका सुटिङमा लगाउने लुगाफाटा र नक्कली गहनाका साथै रंगमन्चका सामान, मूर्तिहरू चोरी भएका छन्।

गोदाम हेरविचार गर्न राखिएको मान्छेले नै चोरी गरेपछि उनीविरूद्ध जुहु प्रहरी कार्यालयमा उजुरी दिइएको छ।

सन् २०१० मा पनि आफ्नो गुरगाँवस्थित घरबाट ८० लाख भारू बराबरको गहना घरकै कामदारद्वारा चोरी भएको हेमाले बताएकी थिइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.