आमिर र विराट अब एकै कार्यक्रममा


बलिउड अभिनेता आमिर खान र भारतीय क्रिकेटर विराट कोहली अब सँगै काम गर्ने भएका छन्। आमिर र विराट एक विशेष च्याट शो गर्दै छन् जुन तिहारमा प्रशारण हुने भनिएको छ।

यसको सुटिङ भइरहेको छ र यसक्रमका केही तस्बिर सार्वजनिक भएका छन्।

शोमा दुवै सेलेब्रेटीले आफ्ना जीवनबारे बताउनेछन्। मिडियासामू आफ्ना कुरा भन्ने मामिलामा विराट अलि लजालु नै छन्। तर, आमिरसँग भने उनले आफ्नाबारे केही बताउलान् भन्ने फ्यानहरूले आशा गरेका छन्।

उक्त कार्यक्रम जिटिभीमा प्रशारण हुनसक्ने बताइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.