फिल्म ‘बाहुबली’ खेल्नु अगाडि यस्ती थिइन् ‘देवसेना’ अर्थात अनुष्का शेट्टी(हेर्नुस् तस्वीर)


भारतको निकै लोकप्रिय फिल्म ‘बाहुबली २’ की अभिनेत्री ‘देवसेना’ अर्थात अनुष्का शेट्टीको अभिनयको तारिफ सबैले गरेका छन्। उनको अभिनय र सुन्दरता ‘बाहुबली’ मार्फत विश्वभरि चुलिएको छ। अहिले उनको करोडौं फ्यान छन्।

अनुष्का त्यस्ती सेलिब्रटिमा पर्छिन जसले फिल्मको भूमिका अनुसार आफ्नो वजन घटाउने र बढाउने गर्न सक्छिन्।

यहाँ देखिएको तस्वीरमा अनुष्का निकै मोटी देखिएकी छन्। यो उनको साउथ फिल्म ‘साइज जिरो’को तस्वीर हो। उनले यो फिल्मको लागि २० केजी वजन बढाएकी थिइन्।

उनले यस फिल्ममा एक मोटी केटीको भूमिका निर्वाह गरेकी थिइन्। सने २०१५ मा २० किलो मोटी भएकी अनुष्काले ‘बाहुबली’ फिल्म खेल्न फेरी वजन घटाएर आफ्नै अवतारमा फर्किइन्।

‘बाहुबली २’ मा राजकुमारीको भूमिकामा उनको अभिनय र उनको सुन्दरताले सबैलाइ लोभ्याएको थियो।  

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.