महिलाबिरुद्ध हुने क्रुरतामाथि सञ्जय दत्तको चिन्ता, महिलालाई समयमै घर फर्किन आग्रह


बलिउड अभिनेता सञ्जय दत्त पाँच वर्षपछि उमंग कुमारको अगामी फिल्म ‘भूमी’ बाट मूख्य भूमिकामा फर्किन लागेका छन्। फिल्मको प्रचारको समयमा पत्रकारहरुसँग कुरा गर्दै दत्तले महिलाविरुद्द हुने क्रूरतामाथि चिन्ता व्यक्त गरेका छन्।

उनले बलात्कार जस्तो मुद्दाको लागि छिट्टै न्याय हुनपर्ने आवश्यकता भएको बताएका छन्। उनले यस विषयलाई मुख्य प्राथमिकता दिएर कारवाही हुनुपेर्ने बताए।

भारतको दिल्लीमा निर्भया बलात्कार मुद्दालाई याद गर्दै सञ्जय दत्तले भने,‘यो भन्दा ठुलो मुद्दा सुनेको थिइन मैले। म १० दिनसम्म सुत्न सकेको थिइँन। नैना पुजारी बलात्कार र हत्या खबरले म स्तब्ध थिएँ।’

उनले निर्भयालाई बलात्कारी नाबालिग भएको कारणले न्याय नमिलेको बताउँदै सञ्जय दत्तले पुर्ण न्याय खोई त भन्दै प्रश्न गरेका थिए।
सञ्जयले आफु महिला सशत्तिकरणको पक्षमा भएको बताउँदै यो समाजमा एकतर्फ दुर्गा, काली र लक्ष्मीको पुजा हुन्छ अर्को तर्फ महिलामाथि हिंसाको घटना बढ्दै गएको बताए।

सञ्जय दत्तले सबै केटीलाई आफ्नो आमाबुवाको कुरा मानेर समयमै घर फर्किन सल्लाह दिएका छन्। उनले घरको यो कानुन दुबै छोराछोरीमाथि लागुहुनुपर्ने बताए।

लामो समय जेल जीवन विताएर फिल्मी क्षेत्रमा फर्किएका सञ्जयले उमंग कुमारको फिल्म ‘भूमि’मा काम गरेका छन्। उनीसँगै अभिनेत्री अदिती राव हैदरी र शरद केलहरको मुख्य भूमिका रहेको छ।

फिल्म २२ सेप्टेम्बरमा रिलिज हुनेछ। उनले फिल्ममा भारतमा भइरहेको महिलामाथि विरुद्दको क्रुरताको मुद्दा उठाइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.