‘बागी २’ मा ‘रियल लाइफ’ जोडी टाइगर र दिशाको रोमान्स


बलिउडका हट जोडी टाइगर श्राफ र दिशा पटानी एक पटक फेरी फिल्मी पर्दामा दर्शकलाई मनोरञ्जन दिन आउने भएका छन्। यो जोडी फिलम ‘बागी २’ मा एक साथ काम गर्ने भएका हुन्।

खबरका अनुसार टाइगर र दिशाले यो फिल्मको शुटिङ पनि सुरु गरेका छन्। यस कुराको जानकारी दिशाले सामाजिक सञ्जालमा एक तस्वी साझा गर्दै दिएकी छन्।

दिशाले ट्वीटरमा पोस्ट गरेको तस्वीरमा टाइगरसको साथमा दिशा र फिल्मकार साजिद नाडियाडवाला र निर्देशक अहमद खान देखिएका छन्।

फोटो सेयर गर्दै दिशाले साजिद नाडियाडवालाको ब्यानरमा फिल्म बन्न लागेको जानकारी दिइन्। यसअघि फिलम बागीको निर्देशन शब्बीर खानले गरेका थिए। तर अब यो फिल्म अहमद खानले निर्देशन गर्नेछन्। खबरका अनुसार बागी २ सन् २०१८ को अप्रिल १८ मा रिलिज हुनेछ।

फिल्म ‘बागी २’ सन् २०१६ मा आएको फिल्म ‘बागी’ को सिक्वेल हो । फिल्म ‘बागी’मा टाइगरको साथमा अभिनेत्री श्रदा कपुर मुख्य भूमिकामा थिइन्। अब ‘बागी २’ मा भने आफ्नै व्वायफ्रेन्ड टाइगरसँग दिशाले रोमान्स गर्नेछिन्।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.