भाईभतिजवादको बहसमा कंगनाको खिल्ली उडाएका बरुण अहिले कंगनाकै पक्षमा


बलिउड अभिनेत्री कंगना रनावतले सुरु गरेको बलिउडमा भाईभतिजवाद हावी भएको बहसमा
अब अभिनेता बरुण धवन पनि सामेल भएका छन्।

बरुणले कंगनाको बयान एक हदसम्म सही भएको बताउँदै यस बहसलाई बिनाकाम अरुले नै अगाडी बढाएको बताए।
कंगनाले निर्देशक करण जोहरकै शो ‘कफि वीथ करण’ मा करणलाई भाईभतिजावादलाई बढावा दिने व्यक्त्ति भएको आरोप लगाएकी थिइन्।

त्यसपछि करण, सैफ र वरुण मिलेर एक शो मा कंगनाको कुरालाई खिल्ली उडाउँदै स्टेजमै भाइभतिजवाद नारा लगाएका थिए। ती तीनै जनाको आलोचना भएपछि उनीहरुले कंगनासँग माफि मागेका थिए। कंगनाले बलिउड स्टारका छोराछोरीलाई नै करणले बलिउडमा लन्च गर्ने गरेको आरोप लगाएकी थिइन्।

बरुणले कंगनाको बहस केहीहदसम्म सही भएको र यही सत्य भएको बताए। तर उनले करणले फिल्ममा निर्देशकलाई पनि लन्च गर्ने गरेको बताउँदै फिल्म ‘स्टुडेन्ट अफ दि इयर’ मा सिर्दाथलाई पनि लन्च गरेको बताए। उनको त्यसअघि बलिउडसँग कुनै सम्बन्ध थिएन।

बरुणले कंगनाको कुराको सही थाप्दै कंगनाको कुरालाई बढाइचढाइ प्रस्तुत गरिएको बताए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.