आमिर खानको फिल्म अडिसनमा फेल भएका थिए बरुण धवन

आमिर खानको फिल्म अडिसनमा फेल भएका थिए बरुण धवन


अभिनेता बरुण धवनले बलिउडमा आफ्नो पहिचान बनाइसकेका छन्। ‘स्टुडेन्ट अफ दी इयर’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेको बरुणले थुप्रै सफल फिल्म दिएका छन्। अहिले उनी आफ्नो आगामी फिल्म ‘जुडवा–२’ को प्रचारमा व्यस्त छन्।

तर, कमै दर्शकलाई मात्र थाहा होला, बरुण अडिसनमा असफल भएका थिए। त्यो पनि अरु कसैको होइन, बलिउड ‘पर्फेक्सनिस्ट’ आमिर खानको फिल्म अडिसनमा।

यसबारे बरुणले नै एक अन्तर्वार्तामा जानकारी दिएका हुन्।

उनका अनुसार आमिरको फिल्म ‘धोबीघाट’ का लागि उनले अडिसन दिएका थिए, जसमा ‘फेल’ भए।
पछि यो भूमिका प्रतिक बब्बरले पाए।

बरुणले यसअघि यो विषयमा कसैलाई केही भनेका थिएनन्।

यो मात्र होइन, बरुण हलिउड एकेडमी अवार्ड फिल्म ‘लाइफ अफ पाइ’ को अडिसनमा पनि असफल भएको बताइएको छ। यसबारे बरुणले भने केही बोलेका छैनन्।

अडिसनमा असफल भए पनि उनको फिल्मी करियरमा कुनै असर परेको छैन।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.