‘बिग बोस’का पुर्व सहभागी विवेक कार दुर्घटनामा घाइते


भारतीय रियालिटि शो ‘बिग बोस’का पुर्व सहभागीे कार दुर्घटनामा घाइते भएका छन्। विवेक मिश्रा नयाँ दिल्लीमा आफ्नो कारमा हिँडिरहेको बेला दुर्घटना भएको थियो।

दुर्घंटनापछि उनलाई अस्पताल भर्ना गरिएको छ। अहिले उनको उपचार चलिरहेको र अवस्थामा सुधार आएको मिडिया रिर्पोटमा खबर छ।

उनी बिग बोसको ७ औं सिजनमा सहभागी भएका थिए।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियासँग विवेकले कुरा गर्दा बुधबार राति उनी कार दुर्घटनामा परेको बताए। उनी चढेको मर्सिडिज कार टुक्रा टुक्रा भएको छ। उनी सख्त घाइते भएका छन्।

विवेक पेशाले योगा प्रशिक्षक हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.