मुकेश अंबानीकी छोरी ईशा अक्षय कुमारको साथमा छिट्टै बलिउडमा प्रवेश गर्दै!


भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीकी छोरी ईशा अंबानी छिट्टै नै बलिउडमा प्रवेश गर्ने भएकी छन्। उनी अभिनेता अक्षय कुमारको फिल्मबाट बलिउडमा प्रवेश गर्दैछिन्।

तर उनी फिल्ममा अभिनय गर्ने छैनन्। उनले फिल्म ‘व्याटल अफ सारागढी’ नामको फिल्ममा लगानी गर्दैछिन्। जुन फिल्मलाई करण जोहर र सलमान खानले मिलेर निर्माण गर्न लागेका थिए अब यसमा ईशाको नाम जोडिएको छ।

यस फिल्ममा सलमान खान पछाडि हटेका थिए। अक्षय कुमार यस फिल्ममा मुख्य भूमिकामा छन्।

रिपोर्टका अनुसार करण जोहरको घरमा एक मिटिङ भएको थियो जसमा मुकेश अंबानीकी छोरी ईशा पनि शामेल भएकी थिइन्। ईशालाई यो प्रोजेक्ट निकै राम्रो लागेको बताइएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.