दक्षिण भारतकी लोकप्रिय अभिनेत्री बीवी राधाको निधन


दक्षिण भारतकी लोकप्रिय अभिनेत्री बीवी राधाको ह्दयघातको कारण निधन भएको छ। उनी ७० वर्षको थिइन्। क्यान्सर रोगलाई जितेकी राधाको आइतबार बेंगलुरुमा ह्दयघातको कारण मृत्यु भएको पुष्टि भएको छ।

स्वास्थ्य अवस्था खराब भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। अभिनेत्री राधाले कन्नड, तामिल, तेलगु र मलयालम का धेरै फिल्म खेलेकी थिइन्। उनको श्रीमान् निर्देशक केएसएल स्वमीको पनि सन् २०१५ मै निधन भएको थियो।

बीवी राधाले आफ्नो अंग दान गर्ने इच्छा जताएकी थिइन्। उनको आँखा नारायण नेत्रालयलाई दान दिइने र उनको शरीर एमएस राम्या अस्पताललाई दिइने जनाइएको छ।

उनले लगभग २५० वटा फिल्ममा काम गरेकी थिइन्। अहिले उनको पार्थिव शरीर उनकै घरमा राखिएको बताइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.