शिल्पा शेट्टीको बडीगार्डले फोटोग्राफरलाई यसरी कुटे (भिडियोसहित)


बलिउड अभिनेत्री शिल्पा शेट्टीको बडीगार्डले एक फोटोग्राफरलाई कुटेर घाइते बनाएका छन्।

मुम्बइको एक होटलबाट श्रीमानसँग बाहिर निस्कने क्रममा फोटोग्राफरले शिल्पाको तस्बिर खिचेका थिए। अभिनेत्री शेट्टी कार लिएर हिँडेलगत्तै बडीगार्डले फोटोग्राफमाथि हमला गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

बडीगार्डको हमलाबाट फोटोग्राफर हिमांशु शिंदे र सोनू शिंदे घाइते भएका हुन्। घटनापछि पुगेको प्रहरीले बडीगार्डलाई नियन्त्रणमा लिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.