कंगनाको भाइभतिजबादको बयानमा करीनाले दिइन् यस्तो प्रतिक्रिया!

कंगनाको भाइभतिजबादको बयानमा करीनाले दिइन् यस्तो प्रतिक्रिया!


बलिउड अभिनेत्री करीना कपूर खानले भाइभतिजबादको बहसमा आफ्नो प्रतिक्रिया दिएकी छन्। अभिनेत्री कंगनाले बलिउडमा भाईभतिजबाद हावी भएको प्रतिक्रिया दिएपछि बलिउडमा यसबारे बहस सुरु भएको थियो।

हालै उनले दिएको एक अन्तर्वार्तामा करीनाले भाइभतिजबारे बोल्दै बलिउडमा रणवीर कपुर भए रणवीर सिंह पनि भएको प्रतिक्रिया दिइन्। यदि बलिउडमा आलिया भट्ट छिन् भने कंगना रनावत पनि छिन्, उनले भनेकी छन्।

यसको अर्थ उनले बलिउडमा भाइभतिजबाद मात्र हावी नभएको बताएकी हुन्। उनले यस विषयमा आवश्यकताभन्दा बढी बहस भएको भन्दै फिल्मी क्षेत्रमा मात्र यसबारे बढी चर्चा हुने गरेको बताईन्।

करीनाले हरेक पेशामा व्यापारीको बच्चाले व्यापार सम्हाल्ने, नेताको छोराछोरीले पनि नेता बनेजस्तै बलिउडका कलाकार पनि कलाकार बन्ने भएकाले यसमा त्यति बहस गर्नु उचित नभएको बताएकी हुन्।

उनले बलिउडमा रनवीर कपुर भएजस्तै रणवीर सिंह पनि भएकाले रणवीर सिंहले बलिउडमा टेक ओभर गरेको बताइन्। उनले बलिउडमा ट्यालेण्ट र मिहेनतले मात्र सफल हुने र टिकीरहनसक्ने बताइन्।

करिनाको पुरै परिवार पनि फिल्म उद्योगमा छ। उनको माइती र घरका सबै सदस्य फिल्मी उद्योगसँग सम्बन्धित छन्।

यस्तोमा भाइभतिजबादमा उनको स्पस्ट धारणा हुनु स्वभाविक नै हो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.