आमिर खानले भनेः सलमान म भन्दा ठूला सुपरस्टार हुन्


बलिउडका सुपरस्टार आमिर खानले आफुभन्दा पनि ठूला सुपरस्टार सलमान खान भएको बताएका छन्। एक कार्यक्रममा उनले आफुभन्दा ठुलो सुपरस्टार सलमान खान भएको बताए। बलिउडमा तीन खानको निकै ठुलो प्रभाव छ। त्यसमा आमिरले सलनमानलाई नै सुपरस्टार भएको बताए।

मिस्टर परफेक्टनिस्टको नामले बलिउडमा नाम कमाएका अभिनेता आमिर खानले आफुलाई फिल्मको कमाई भन्दा पनि राम्रो फिल्मको विषयबस्तु बढी महत्वपुर्ण हुने बताए।

आमिरले आफ्नो उदेश्य दर्शकलाई सधैं राम्रो फिल्म दिन सक्नु नै भएको बताउँदै फिल्म निर्मातालाई पनि घाटा नहुँदा राम्रो लाग्ने बताए।

उनले बलिउडमा अन्य फिल्मले पनि राम्रो कमाई गर्दा खुसी लाग्ने र फिल्म नचल्दा दुख लाग्ने बताउँदै बलिउडमा कोहीसँग प्रतिस्पर्धा गर्न नचाहने बताए।

राजनीतिमा प्रवेश गर्ने विषयमा उनले कुनै इच्छा नभएको बताउँदै आफुले फिल्मी क्षेत्रबाटै समाजको परिवर्तन गर्ने बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.