‘बिग बोस’मा आउन सलमानको प्रस्ताव अस्वीकार गरिन् यी अभिनेत्रीले


बलिउड स्टार सलमान खानले लोकप्रिय रियालिटी शो ‘बिग बोस’मा सहभागी हुन गरेको प्रस्ताव एक अभिनेत्रीले अस्वीकार गरेकी छन्।

स्टार प्लसको लोकप्रिय शो ‘साथ निभाना साथीया’की अभिनेत्री दवोलिना भट्टाचार्जीले सलमानको अफर अस्वीकार गरेकी हुन्।

दवोलिनमाको ‘बिग बोस’ मा आउने हल्ला थियो, तर उनले ‘बिग बोस’मा नआउने पक्का गरेकी छन्।

उनले सलमान खानसँग काम गर्न मन त लागेको तर अहिले ‘बिग बोस’मा सहभागी हुन नसक्ने बताएकी छन्।

उनले ‘बिग बोस’बाट आएको अफरलाई सम्मान गरेको तर सधैं नृत्यसँग जोडिएर बस्न रुचाउने बताइन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.