‘एडल्ट’ फिल्म ‘जुली २’ को ट्रेलर सार्वजनिक (भिडियो)


बलिउड फिल्म ‘जुली २’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको ट्रेलरमा बोल्ड दृश्यहरु देखाइएको छ। साउथ फिल्म अभिनेत्री राज्यलक्ष्मीको फिल्ममा मुख्य भूमिका रहेको छ। उनको यो पहिलो बलिउड फिल्म हो।

ट्रेलरमा बोल्ड दृश्य, जीवनशैली, हत्या, नृत्य र थ्रीलर देखाइएको छ। अभिनेता रवी किशन राज्यलक्ष्मीसँग रोमान्स गर्दै देखिएका छन्। फिल्ममा बलिउडको यथार्थ, राजनीति र अन्डरलवर्ल्ड सत्यता प्रस्तुत गरिएको निर्देशक दिपक शिवदाशिनीले जनाएका छन्।

फिल्म अक्टोवर ६ देखि रिलिज हुनेछ। फिल्ममा राज्यलक्ष्मी बाहेक रवीकिशन, रति अग्नीहोत्री, आदित्य श्रीवास्तव, शशि किरण आदि छन्।राज्यलक्ष्मी भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीका पुर्व प्रेमीका हुन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.