कंगनाको बयानपछि सामाजिक सञ्जालमा ट्रोलको सिकार भए ऋतिक रोशन!


सामाजिक सञ्जालमा यतिबेला बलिउड अभिनेत्री कंगना रनावतको इन्टरभ्यूकै चर्चा चलेको छ। भारतीय समाचार च्यानल इन्डिया टीभीलाई दिएको एक अन्तर्वार्ताले आफु र अभिनेता ऋतिक रोशनबीचको सम्बन्धको बारेमा खुलेर बोलेकी छन्।

उनले ऋतिकमाथि आफुलाई विवाह गर्ने वाचा गरेर पछि हटेको र ऋतिकले धोका दिएको जस्तो बयान दिएकी थिइन्। जसको बचाउ गर्दै ऋतिकको पूर्व श्रीमतीले ट्वीटमा धोका र षड्यन्त्रले ऋतिकको जस्तो असल मनलाई हराउन नसक्ने बताएकी थिइन्। तर ऋतिकले भने कंगनाको बयानमाथि कुनै प्रतिक्रिया दिएका छैनन्।

तर ऋतिकका फ्यानहरुले भने ऋतिकलाई सामाजिक सञ्जालमा ट्रोलको सिकार बनाएका छन्।

खासमा कंगनाले अन्तर्वार्ता दिनुअघिल्लो दिन ऋतिक रोशनले एक ट्वीट गरेका थिए। ट्वीटमा ऋतिकले राँची डायरीज नामको आगामी फिल्मको गीतको लिंक हालेर फिल्मका कलाकार अनुपम खेर र सौन्दर्यालाई बधाई दिएका थिए।

ऋतिकको यस ट्वीटमा सामाजिक सञ्जाल प्रयोगकर्ताले ऋतिकलाई तथानाम गाली गर्न थालेका छन्। उनीहरुले कंगनाको अन्र्तवार्तापछि ऋतिकको इज्जतमा दाग लागेको र कंगनासँग माफि माग्नुपर्ने जस्ता कमेन्ट गरेका छन्। कमेन्टमा ऋतिकलाई गाली गर्दै ट्रोल गरिएको छ।

कमेन्टमा ऋतिकको पूर्व श्रीमतीलाई पनि गाली गरिएको छ। उनीहरुले डिर्भोस भइसकेपछि पनि ऋतिकको पक्षमा बोल्नुको अर्थ नबुझेको समेत बताएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.