कंगनाको आरोपको खण्डन गर्दै ऋतिकको पक्षमा उभिइन् पुर्वपत्नी सुजेन!


बलिउड अभिनेत्री कंगना रनावतले अभिनेता ऋतिक रोशनको बारेमा दिएको बयानको विपक्षमा उनको पुर्व श्रीमती सुजेन खान उभिएकी छन्।

कंगनाले ऋतिकमाथि विभिन्न आरोप लगाउँदा पुर्वपत्नी सुजेनले यी सब आरोपको खण्डन गर्दै ऋतिकमाथि पुरा भरोसा भएको बताएकी छन्।

उनले ट्वीटरमा एक स्ट्याटस लेख्दै ऋतिकलाई पुरा विश्वास गर्ने र पछि पनि गर्ने बताएकी छन्।

उनले कुनै पनि आरोप र षड्यन्त्रले एउटा सच्चा आत्मालाई हराउन नसक्ने लेखेकी छन्। ऋतिक र सुजेनको सन् २०१४ मा डिर्भोस भइसकेको छ। तर उनीहरु प्राय पारीवारिक जमघटमा सँगै देखिन्छन्। उनीहरुको २ छोरा छन्।

उनीहरुले अहिलेसम्म एक अर्कालाई नराम्रो भन्दै हिँडेका छैनन् र जहिल्यै पनि ऋतिकको पक्षमा नै सुजेनले बोल्दै आएकी छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.