आमिर र प्रियंका पहिलोपटक अनस्क्रिन जोडी बन्दै!


हलिउडमा धमाल मचाएपछि अभिनेत्री प्रियंका चोपडाको बलिउड फिल्म हेर्न दर्शक निकै उत्साहित छन्। मिडिया रिर्पोट अनुसार प्रियंका चोपडा छिट्टै नै अभिनेता आमिर खानसँग फिल्म ‘सलुट’ मा देखिन सक्छिन्।

महेश मठहाइले निर्देशन गर्ने फिल्ममा पहिलोपटक आमिर र प्रियंकाको जोडी देख्न पाइने आँकलन गरिएको छ। रिर्पोट अनुसार प्रियंका आमिरको श्रीमतीको भूमिकामा देखिन सक्छिन्।

फिल्ममा आमिरले अन्तरिक्षयात्री राकेश शर्माको भूमिका निभाउनेछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.