कंगनाको खुलासाः ऋतिकसँग विवाह गर्न चाहन्थिन्!

आखिर किन विवाह गरेनन् ऋतिकले कंगनासँग?


बलिउड अभिनेत्री कंगना रनावतले बलिउडमा आफ्नो अभिनयबाट अभिनेतालाई टक्कर दिने स्थान बनाएकी छन्। बलिउड अभिनेत्री कंगना रनावत आफ्नो बयानबाट प्राय बलिउडमा चर्चामा रही रहन्छिन्।

उनले हालै बलिउडमा भाइभतिजाबाद हावी हुने बयान दिएकी थिइन् जसबाट उनको बयानमा प्राय सबै बलिउड स्टारले प्रतिक्रिया दिएका थिए।

उनी फेरी आफ्नो एक बयानले चर्चामा आएकी छन्।

उनले अभिनेता ऋतिक रोशनसँगको आफ्नो सम्बन्धको बारेमा खुलेर चर्चा गरेकी छन्।

कंगनाले ऋतिकलाई मनदेखि नै निकै माया गर्ने र उनीसँगै विवाह गर्ने योजना भएको बताएकी छन्। उनले ऋतिक र आफुबिच विवाहको कुरा पनि भएको बताएकी छन्। तर ऋतिकले आफु विवाहित भएको र आफ्नो बच्चा भएको भन्दै विवाह गर्न अस्वीकार गरेको कंगनाले बताइन्।

ऋतिकले विवाह गर्न अस्वीकार गरेपछि कंगनाले ऋतिकसँग दुरी बनाउन सुरु गरेको बताइन्। कंगनाले गरेको दावी अनुसार ऋतिकले उनलाई  फिल्म ‘कृष ३’ को अफर गर्दा कंगनाले सिधै अस्वीकार गरेकी थिइन्। तर ऋतिकले ६ महिनासम्म पछि लागेर कंगनालाई फिल्म खेल्न राजी बनाएका थिए।

त्यसपछि ऋतिकले कंगनासँग विवाहको वाचा पनि गरेका थिए। उनले श्रीमती सुजैनसँग सम्बन्ध विच्छेद गरेर कंगनासँग विवाह गर्ने बताएका थिए। तर पछि ऋतिकले कंगनालाई चिन्न पनि अस्वीकार गरेको कंगनाले बताइन्।

एक टीभी शो मा कंगनाले यी सब कुरा बताएकी थिइन्।

उनले फिल्म ‘क्वीन’ रिलिज हुनुअगाडी आफुहरुको ब्रेकअप भएको बताइन्। जब क्वीन हिट भयो ऋतिक फेरी कंगनाको पछि लाग्दै कंगनाको प्रशंशा गर्न थाले। कंगनाले फेरी पनि ऋतिकसँग विवाहको कुरा गरिन् तर फेरी पनि ऋतिकले विवाहको लागि अस्वीकार गरेपछि कंगनाले ऋतिकसँग सबै सम्बन्ध तोडेकी थिइन्।

कंगनाले गरेको दावी अनुसार उनले ऋतिकलाई मात्र ३ देखि ४ वटा मेल गरेकी थिइन्। बाँकी सबै इमेल ऋतिक आफैले लेखेर आफैलाई पठाएका थिए।

ऋतिक र कंगनाबीचको विवाद सबैलाई थाहा छ। उनीहरुको इमेल सार्वजनिक भएपछि एक अर्कालाई कानुनी नोटिस पनि पठाइसकेका छन्।  तर ऋतिकले कंगनासँगको प्रेमसम्बन्ध आजसम्म पनि स्वीकार गरेका छैनन्।

कंगनाका अनुसार ऋतिक र उनको वुवा राकेश रोशनले कंगनालाई एक्सपोज गर्ने धम्की समेत दिएका थिए। कंगनाले आजसम्म उनीहरुको एक्सन कुरीरहेको प्रतिक्रिया दिएकी छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.