बाबा रहीमलाई बलिउडमा ‘नो इन्ट्री’, खारेज भयो सदस्यता


बलात्कार मुद्दामा २० वर्ष जेल सजाय पाएका बाबा राम रहीम सिंहले अब बलिउडमा प्रवेश नपाउने भएका छन्।
फिल्म र टीभीको निर्देशकको संस्था आइएफटीडीएले डेरा सच्चा सौदाका प्रमुख गुरमीत राम रहीमको सदस्यता खारेज गरिदिएको छ।

आइएफटीडीएले फिल्मी संसारमा गुण्डा र बलात्कारीको कुनै स्थान नभएको भन्दै उनको सदस्यता खारेज गरेको हो ।

आइएफटीडीएको संयोजक अशोक पंडितले आफुहरु पीडितको पक्षमा भएको र डेरा प्रमुखलाई दोषी ठहराएपछि उनको लागि कुनै स्थान नभएको स्पस्ट पारे।

उनले बाबा रहीमको कथित छोरी हनीप्रीतको पनि सदस्यता खारेज गरेको जानकारी दिए। हनीप्रीतले डेराप्रमुखको फिल्ममा काम गरेकी थिइन्। डेरा प्रमुखले पाँचवटा फिल्म निर्माण गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.