लोकप्रिय गायक तथा संगीतकार एल एन शास्त्रीको मृत्यु


प्रशिद्द गायक र संगीतकार एल एन शास्त्री को मृत्यु भएको छ। उनी कन्नड फिल्म उद्योगमा निकै परिचित छन्। उनको मृत्यु क्यान्सरबाट भएको परिवारले पुष्टि गरेका छन्। लामो समदेखि क्यान्सरबाट पीडित उनी ४६ वर्षका थिए।

एन एन शास्त्रीले करिब ३ हजार गीत गाएका छन् भने २५ भन्दा बढी फिल्ममा संगीत दिएका छन्।

सन् १९९६ मा आएको फिल्म ‘अजगजंतरा’बाट उनले आफ्नो करिअरको शुरुवात गरेका थिए। उनले उत्कृष्ट प्लेव्याक गायकको अवार्ड पाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.