टेलिश्रृंखला कलाकार रचना र जीवनको कार दुर्घटनामा मृत्यु


भारतको कन्नड राज्यकी कलाकार रचना र उनका सहकर्मी जीवनको दुर्घटनामा परेर मृत्यु भएको छ।

बिहीबार कुक्केस्थित मन्दिरबाट उनीहरु टाटा सफारीमा फर्कदैं गर्दा दुर्घटनामा परेका थिए। २३ वर्षीय रचना र २५ वर्षीय जीवनसँग उनीहरुका अरु ५ जना साथी पनि थिए।

जीवनले चलाइरहेको गाडी दुर्घटना हुँदा रचना र उनको घटनास्थलमै मृत्यु भएको हो। उनीहरुका साथी घाइते भएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको भारतीय समाचारमाध्यमले जनाएका छन्।

रचनाले महानदी, त्रिवेणी संगम र मधुबाला जस्ता टेलि श्रृंखलामा अभिनय गरेकी छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.