टीभी सिरियल स्टार समीक्षा बलिउड प्रवेश, बबी देवलको श्रीमतीको भूमिकामा


भारतीय टीभी सिरियलकी अभिनेत्री समीक्षा भटनाकर बलिउड प्रवेश गरेकी छन्। चर्चित टीभी सिरियल ‘वीरा’, ‘देवोका देव महादेव’मा आफ्नो अभिनयको जादु छरेकी अभिनेत्री समिक्षा आगमी फिल्म ‘पोस्टर व्वायज’ मा अभिनेता बबी देवलको श्रीमतीको भुमिकामा देखिने भएकी हुन्।

बबीसँग काम गर्न निकै रमाइलो भएको अनुभव सुनाउँदै उनले सुटिङमा अन्जानवस बबीको पिटाइ गरेको बताइन्। उनले एक सिनमा बबीसँग रिसाउनु परेको बेला अनायसै हिर्काएको र बबीलाई चोट आएको तर बबिले केही नभनेको बताइन्।

उनले पछि बबीसँग माफि पनि मागिन्। फिल्म ‘पोस्टर व्वायज’को निर्देशन श्रेयस तलपडेले गरेका छन्। फिल्म ८ सेप्टेम्बरमा रिलिज हुने तयारीमा छ।  फिल्ममा बबीसँगै शनि देवाल र ममता कुलकर्नी पनि मुख्य भूमिकामा छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.