प्रेमी विराटलाई भेट्न श्रीलंका पुगिन अनुष्का!


बलिउड अभिनेत्री अनुष्का शर्मा आफ्नो प्रेमी क्रिकेटर विराट कोहलीलाई भेट्न श्रीलंका पुगेकी छन्।
वन डे सिरिजको लागि श्रीलंकाको क्यान्डी शहर पुगेको टीम इन्डियका कप्तान कोहलीलाई भेट्न उनी श्रीलंका पुगेकी हुन्।

अनुष्का र विराट भेटेको तस्वीर अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। साथै अनुष्काले टीमका अन्य सदस्य र केही फ्यालाई पनि भेटेकी छन्। अनुष्का र विराट लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन्। अनुष्का प्राय समय निकालेर विराटको खेल हेर्न पुगीरहेकी हुन्छिन्।


फिल्म ‘जब ह्यारी मेट सेजल’को प्रर्दशनपछि उनले केही समय निकालेर प्रेमीलाई भेट्न गएकी हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.