यी बलिउड अभिनेताका श्रीमती १ महिनादेखि दुबई जेलमा!


भारतीय टेलिभिजन अभिनेता तथा पुर्व इन्डियन आइडल सहभागी अमित टंडनका श्रीमती डा रुबी दुबईमा पछिल्लो एक महिनादेखि जेलमा बन्द छिन्। दुबई स्वास्थ्य प्राधिकरणले उनीमाथि केही सरकारी अधिकारीलाई दुर्व्यवहार गरेको आरोप लगाएको छ।

छाला विशेषज्ञ रुबी लगभग एक महिनादेखि अल राफ्फा जेलमा बन्द भएको भारतीय सञ्चारमाध्यममा खबर छ। रिर्पोटका अनुसार उनको जमानत पनि रद्द भएको छ। अमितले भने आफ्नो श्रीमतीलाई फसाइएको बताएका छन्। अमित रुबीलाई छुटाउने प्रयासमा दोस्रो पटक दुबई जाने तयारीमा छन्।

एक अन्तर्वार्तामा उनले एक असल र होनहार महिला डाक्टरमाथि भएको अन्याय निकै दुखदायी भएको बताएका छन्। उनले आफु कानुनी प्रक्रियामा विश्वास गर्ने र कानुनी लडाई लड्ने बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.