सलमानको कारण रणवीर समस्यामा!

सलमानको कारण रणवीर समस्यामा!


पछिल्लो केही वर्षदेखि बलिउड अभिनेता रणवीर कपुरको फिल्मी करियर राम्रो चलिरहेको छैन। उनले खेलेका फिल्महरु एक एक गर्दै बक्स अपिसमा फ्लप भएका छन्। उनको हालै रिलिज भएको फिल्म ‘जग्गा जासुस’ले पनि सोचे जति व्यपार गरेन। फिल्मले अहिलेसम्म आफ्नो बजेट पनि उठाउन सकेको छैन।

‘जग्गा जासुस’मा रनवीर मुख्य भूमिकामा देखिएसँगै उनी फिल्मको निर्माता पनि हुन्। उनी अहिले सलमानको कारण समस्यामा छन्। सलमान र रणवीरको लडाई अभिनेत्री कट्रिनालाई लिएर भएपछि उनीहरुबीच राम्रो सम्बन्ध थिएन। सलमानको कारण नै रणवीरको करिअर धरापमा परेको अड्कल बलिउडमा लगाइएको थियो। तर अहिले उनीहरुको सम्बन्धमा सुधार आइसकेको छ।

तर फेरी रणवीर कपुर सलमान कै कारण समस्यमा परेका छन्।

सलमानको फिल्म ‘ट्युवलाईट’ले पनि आशा गरेको व्यपार गर्न नसकेपछि वितरकलाई उनले ५२ करोड रुपैयाँ बाचा गरेअनुरुप फिर्ता गरेका छन्।

रणवीर कपुर निर्माता भएको कारण उनले पनि वितरकलाई फिल्म नचले पैशा फिर्ता गर्ने बाचा गरेका थिए। उनले यो बाचा अभिनेत्री कट्रिना कैफको अगाडी नै गरेका थिए। अब सलमानले आफ्नो बाचा पुरा गरेको बेला रणवीरलाई पनि वितरकलाई पैशा फिर्ता गर्नुपर्ने नैतिक दवाव आएको छ।

अब सलमान खानले झैं रणवीरले वितरकको पैशा फिर्ता गर्छन की गर्दैनन् त्यो भने हेर्न बाँकी छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.