‘ट्युबलाइट’ नचलेपछि सलमानले बुझाए वितरकलाई ५२ करोड

‘ट्युबलाइट’ नचलेपछि सलमानले बुझाए वितरकलाई ५२ करोड


बलिउड अभिनेता सलमान खानले फिल्म ‘ट्युबलाइट’को बितरकलाई क्षतिपुर्ति दिएका छन्। पछिल्लो महिना रिलिज भएको सलमानको फिल्म ‘ट्युबलाइट’ले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न नसकेको कारण वितरकहरु घाटामा गएका थिए।

वितरकले नोक्सान ब्यहोर्नुपरेपछि सलमानले उनीहरुको नोक्सानको भरपाइ गर्ने बाचा गरेका थिए। उनले अहिले त्यो बाचा पुरा गर्दै वितरकलाई करीब ५२ करोड रुपैयाँ बुझाएका छन्। खबर अनुसार सलमान खानले यो कदम आफ्नो बुवाको कारण उठाएका हुन्।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.