फिल्म ‘पीपली लाइभ’का अभिनेता सीतारामको निधन


बलिउडमा किसानको समस्यामा आधारित फिल्म ‘पीपली लाईभ’मा काम गरेका अभिनेता सीताराम पान्चालको निधन भएको छ।
लामो समय देखि फोक्सोको क्यान्सरबाट पीडित उनको निधन भएको भारतीय पत्रिका इन्डियन एक्प्रेसले पुष्टि गरेको छ। एक्प्रेसमा प्रकाशित खबर अनुसार उनको परिवारले पान्चालको बुधबार बिहान ८ बजे निधन भएको जनाएको छ।

उनी विगत ३ वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए। उनीसँग उपचारको लागि पैशा पनि थिएन। फिल्म मेक अश्विनी चौधरीले आफ्नो फेसबुक स्टाटसबाट पैशाको मद्धत मागेपछि उनलाई सहयोग गर्ने हात बढेका थिए। उनले हालै फिल्म जोली एलएलबी मा काम गरेका थिए।

उनले खेलेका फिल्म ‘लज्जा’, ‘स्लमडग मिलेनयर’, ‘पीपली लाइवु’, ‘साहेब बीवी और गैंगस्टर, ‘द लेजेंड ऑफ भगत सिंह’  र ‘सारे जहां से महंगा’ हरु हिट भएका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.