शाहरुखको फिल्मको हालत पनि सलमानको ‘ट्युवलाईट’ जस्तै होला?


बलिउड स्टार शाहरुख खान र अनुष्का शर्मा अभिनित फिल्म ‘जब ह्यारी मेट सेजल’ प्रदर्शनमा आएको पाँचौ दिनमा दर्शकहरु हलमा घटिसकेका छन्।

इम्तियाज अलिले निर्देशन गरेको फिल्मले शुरुवातबाट नै कमजोर प्रदर्शन गरेको थियो। पाँचौं दिनको फिल्मको कलेक्सन जम्मा लगभग ८ करोड रुपैयाँ छ।

पछिल्लो केही वर्षको अध्ययन गर्ने हो भने शाहरुखको यो फिल्म पहिलो दिनमा सबैभन्दा कम कमाई गर्ने फिल्म बनेको छ।

फिल्मको रिलिजको पहिलो दिनदेखि आजसम्मको कलेक्सन हेर्ने हो भने आईतबार मात्र फिल्मले राम्रो व्यपार गरेको छ। फिल्मले पहिलो दिन साढे २४ करोढ, दोस्रो दिन २४ करोड, तेस्रो दिन २५ करोड र चौथो दिन साढे ११ करोड कमाएको थियो।

यस वर्ष शाहरुखको फिल्म ‘रईस’ले पहिलो दिनमा ३२ करोड, फिल्म ‘फ्यान’ले पहिलो दिनमा साढे ३० करोडको व्यपार गरेको थियो।

शाहरुखको स्टारडमको अगाडी फिल्म ‘जब ह्यारी मेट सेजल’को कमाई निकै कम देखिएको छ। शाहरुखको फिल्महरु पाँचौ दिनसम्म त एक सय करोडको क्लबमा सामेल भइसकेका हुन्थ्ये। तर यो फिल्मको कमाईको गति देख्दा सय करोडको क्लबमा सामेल हुन अझै केही दिन लाग्न सक्ने देखिन्छ।

यो फिल्मको प्रतिस्पर्धामा अहिले बलिउडमा कुनै ठुला फिल्म छैन। अक्षय कुमारको फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ यही हप्ता रिलिजको तयारीमा छ। र यो फिल्मको यूपीमा कर हटाइएको छ। अन्य राज्यमा पनि कर हटाउने विषयमा कुरा भइरेको छ।

यो हिसाबले शाहरुखको फिल्मसँग अब केही दिन मात्रै छ।

बलिउडका ठुला बजेट र स्टारका फिल्मलाई दर्शकले पत्याएका छैनन्। बरु कम बजेटका फिल्महरुले राम्रो व्यपार गरेका छन्।

बलिउडका स्टार मानिने सलमान खानको फिल्म ‘ट्युबाईट’ले पनि आशा गरे अनुरुप व्यपार गर्न नसकेपछि बजार व्यवस्थापनलाई फिल्मको पैशा नै फर्कउनुपरेको थियो। यसैगरि सुपरस्टार अमिताभ बच्चनको फिल्म ‘सरकार’लाई पनि दर्शकले पत्यायनन्।

अब शाहरुखको यो फिल्मको हालत पनि त्यस्तै नहोला भन्न सकिन्न।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.