आमिर खानलाई लाग्यो स्वाइन फ्लु

आमिर खानलाई लाग्यो स्वाइन फ्लु




बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण राव स्वाइन फ्लुबाट प्रभावित भएका छन्। तत्काल दुवै जना अस्पताल भर्ना नभएको तर उनीहरुको उपचार घरमा भइरहेको भारतीय मिडियाले जनाएको छ।

५२ वर्षीय आमिर र उनको श्रीमती आइतबार पूनामा एउटा एनजिओको कार्यक्रममा भाग लिन जानु पर्ने थियो। तर, स्वाइन फ्लुका कारण उनीहरु कार्यक्रम स्थलमा पुग्न सकेनन्। आमिरको पारिवारिक श्रोतले जनाएअनुसार उनले पानी फाउन्डेशनको भिडियो कन्फ्रेन्सिङको क्रममा यसको पुष्टि गरेका हुन्।

उनले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रगतको जाँच गरेपछि आफूलाई स्वाइन फ्लु भएको थाहा पाएको बताएका छन्। उनले एक सातासम्म कुनै कार्यक्रममा भाग लिन नसक्ने जानकारी पनि दिएका छन्।

श्रोतका अनुसार पानी फाउन्डेसनको कार्यक्रममा आमिर र किरण अनुपस्थित भएपनि अर्का अभिनेता शाहरुख खान उपस्थित थिए।

 

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.