कमल हसनले चलाउने शो ‘बिग बोस’को सेटमा एक जनाको मृत्यु


रियालिटी शो ‘बिग बोस’को तामिल भर्सनको सेटमा एक जनाको मृत्यु भएको छ।

कमल हसनले चलाउने शो ‘बिग बोस’को सेटमा २८ वर्षीय इब्राहिम शेख नाम गरेका प्लम्बरको मृत्यु भएको भारतीय सञ्चारमाध्यम न्युज २४ अनलाइनमा जनाएको छ।

रिर्पोटका अनुसार गुम्सिएको बताउँदै इब्राहिम बेहोस भएका थिए। उनलाई चेन्नईको एक अस्पतालमा लगिएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरिदिएका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.