राखी सावंतलाई अदालतबाट जमानत मिलेपनि समस्या उस्तै !


बलिउडकी अभिनेत्री राखी सावंतलाई वाल्मीकी मुद्दामा लुधियाना अदालतले शनिबार जमानत दिएपनि उनको समस्या अझै सकिएको छैन। उनलाई अदालतले अगस्त ८ सम्म आत्मसर्मपण गर्न आदेश दिएको छ। महिर्षी वाल्मीकीको बारेमा आपत्तिजनक टिप्पणी गरेको अरोपमा उनीमाथि मुद्दा दर्ता भएको थियो।

यसअघि राखीले अदालतमो पेशी अगाडी नै माफि मागेको कारण जमानत दिइएको थियो। तर उनलाई अदालतमा उपस्थित हुन दिइएको आदेशको राखीले उल्लंघन गर्दै अदालत पुगेकी थिईनन्।

राखीले आफ्नो मनसाय वाल्मीकी वा वाल्मीकी समुदायको भावनालाई चोट पुर्याउने नभएको भन्दै सबैसँग माफी मागेपनि भारतमा रहेको वाल्मीकी समुदायले उनी विरुद्ध प्रर्दशन गरेका थिए।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.