शाहरुखमाथि पान पसलेको ११ सय रुपैयाँ नतिरेको आरोप

शाहरुखमाथि पान पसलेको ११ सय रुपैयाँ नतिरेको आरोप




एउटै फिल्ममा अभिनय गरेको करौडौं रुपैयाँ लिने बलिउडका बादशाह शाहरुख खानले पैसा नतिरि केही कुरा खाए भन्ने समाचार प्रकासित भयो भने तपाई के भन्नु हुन्छ?

धेरैले यो समाचारलाई हावादारीको संज्ञा दिने छन्।

तर, बनारसका एक पान पसलेले शाहरुख खान र अनुष्का शर्मालगायत ‘जब हयारी मेट सेजल’ को फिल्मी युनिटलाई पान खाएर पैसा नतिरेको आरोप लगाएका छन्।

घटना केही दिन अगाडिको हो। ‘जब हयारी मेट सेजल’ को प्रमोसनका लागि फिल्मको पुरै युनिट बनारस पुगेको थियो। शाहरुखले फिल्म युनिटका सदस्यलाई बनारसमा बनारसी मघई पान आफ्नै हातले ख्वाएका थिए।

शाहरुखले खरिद गरेको पानको मूल्य १ हजार १ सय रुपैयाँ भारु भएको थियो। तर, पान पसलेले १ रुपैयाँ पनि पाएनन्।

पान पसले सतिशलाई उदृत गर्दै बनारसको एउटा स्थानीय पत्रिकाले खबर सार्वजनिक गरेको छ। जसमा उनले शाहरुख खानले आफूलाई तिर्नु पर्ने पैसा नदिएको आरोप लगाएका छन्। सतिशका अनुसार पान खाइसकेपछि उनले पैसाको माग गरेका थिए। तर, शाहरुखका बाउन्सरले उनलाई पछि पाउने भन्दै पन्छाएका थिए। उनले त्यो पैसा अहिलेसम्म आफूले नपाएको आरोप लगाएका छन्।

स्थानीय पत्रिकामा शाहरुखले गरिब पान पसलेको पैसा नतिरेको समाचार प्रकाशित भएपछि विवादास्पद अभिनेता कमाल खानले ट्विटरमा त्यो पत्रिकाको कटिङ सार्वजनिक गरेका छन्। जसमा थुप्रै ब्यक्तिले प्रतिक्रिया जनाएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.