शाहरुखले आमिरलाई सोधे, ‘मेरो फिल्म कहिले हेर्छौ?’


प्रायः सधै विवादमा रहने बलिउडका दुई खान विस्तारै नजिकिन थालेका छन्। पहिले सलमान खान, यसपछि अहिले आमिर खानले बलिउडका बादशाह शाहरुख खानको शुक्रबार रिलिज भएको फिल्म ‘जब ह्यारी मेट सेजल’ को लागि बधाई दिएका छन्।

यसले शाहरुखलाई थप उर्जा मिलेको छ। इम्तियाज अलीले बनाएको यो फिल्मको गीतले यसअघि नै चर्चा बटुलिसकेको छ। बलिउडमा ‘मिस्टर फरफेक्शनिस्ट’ को उपाधि पाएका आमिरको शुभकामना पाएर दंग परेका शाहरुखले पनि धन्यबाद भनेका छन्।

शाहरुखले आमिरको अघिल्लो फिल्म ‘सिक्रेट सुपरस्टार’का लागि पनि अग्रिम बधाई दिएका छन्। साथै उनले आमिरलाई आफ्नो फिल्म हेर्न निम्तो गर्दै भनेका छन्, ‘तिमी कहिले जब ह्यारी मेट सेजल हेर्न आउछौं।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.