हेर्नुहोस् आमिर खानको ‘सिक्रेट सुपरस्टार’ को ट्रेलर


आमिर खान र उनकी पत्नी किरण रावको निमार्ण र अद्वैत चन्दनको निर्देशन रहेको चलचित्र ‘सिक्रेट सुपरस्टार’ को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रमा गायक बन्न चाहने एक बालकको कथा समेटिएको छ। ५२ वर्षका आमिर खानले चलचित्रमा संगीतकारको भूमिका निर्वाह गरेका छन्।

अद्वैत चन्दनको लेखन रहेको यस चलचित्रमा आमिरका अलावा जाइरा वासिम, मेहेर विजले मुख्य भूमिका निर्वाह गरेका छन् । अमित त्रिवेदीको संगीत रहेको चलचित्र आउँदो अक्टुबर १९ मा रिलिज हुँदैछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.