सलमान खान पुगे अदालत


१८ वर्ष पुरानो मुद्धाको फैसला सुन्न बलिउड अभिनेता सलमान खान अदालतमा उपस्थित भएका छन्। उनी शुक्रबार जोधपुरको जिल्ला अदालत पुगेका थिए।

१८ वर्ष अगाडि हतियार राखेको मुद्धामा यसै जनवरी १८ मा जोधपुरको अदालतले उनको पक्षमा फैसला सुनाएको थियो।

सलमान जमानतको मुचुल्का लिन जिल्ला अदालत पुगेका थिए। उनी ५ मिनेट मात्र अदालतमा उपस्थित भए। यो मुद्धामा २० जनासँग बयान लिइएको थियो।

सलमान खान माथि १९९८ मा ‘हम साथ साथ हे’ को सुटिङको क्रममा हरिणको शिकार गरेको आरोप लागेको थियो। उनी माथि लाइसेन्स रद्ध भइसकेको हतियार राखेको आरोप लागेको थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.