सन्नी लियोनकी छोरीलाई ११ दम्पतीले गरेका थिए अस्वीकार


बलिउड अभिनेत्री सन्नी लियोनले गत महिना एक बच्चीलाई धर्मपुत्री बनाएकी थिइन्। सन्नी र उनका पति ड्यानियलकी छोरीको नाम उनीहरुले निशा कौर वेबर राखेका छन्।

सन्नीले ल्याउनुअघि निशालाई ११ दम्पतीले छोरीको रुपमा लैजान अस्वीकार गरेको चाइल्ड एडप्सन रिर्सोस एजेन्सी (सिएआए) ले जानकारी दिएको भारतीय समाचारमाध्यमले जनाएका छन्।

२१ महिनाकी निशा अहिले सन्नीकी छोरी भएकी छन्।

सन्नी दम्पतीले निशालाई महाराष्ट्रको लातुरबाट ल्याएका हुन्। यो जानकारी सन्नीले नै आफ्नो ट्वीटबाट दिएकी हुन्।

निशालाई ल्याउनु केही दिनअघि उनी र ड्यानियलले अब सन्तानका बारेमा सोचिरहेको बताएकी थिइन्।

यसको केही दिन पछि नै उनीहरुले निशालाई धर्मपुत्री बनाएकी हुन्। उनको यो कदमलाई केही बलिउडकर्मीले प्रशंसा गर्दै नयाँ जीवनको शुभकामना पनि दिएका छन्।

 

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.