सलमान र शाहरूखका असफल फिल्मबारे यस्तो जवाफ दिए आमिरले


अभिनेता आमिर खानले सलमान र शाहरुखका पछिल्ला फिल्म असफल हुँदैमा उनीहरुको ‘स्टारडम’ मा प्रश्न उठाउन नहुने बताएका छन्।

सलमानका फिल्मले लगातार बक्स अफिसमा कमाल गरिरहेका थिए। पछिल्लो फिल्म ट्युबलाइटले भने यो कमाल कायम राख्न सकेन।

यता शाहरुख आफ्नो बक्स अफिस हिटका लागि संघर्ष गरिरहेका छन्।

आमिरको फिल्मले भने भारतसँगै चीनमा पनि सबैलाई धेरै पछाडि छाडेर कमाइ गरेको छ।

त्यो भए के उनी सबैभन्दा धेरै कमाउने सुपरस्टार हुन् त?

यस प्रश्नको जवाफ आमिरले मिठो जवाफ दिएका छन्।

‘हामी सबै आफ्नो काममा अधिक मेहनत गर्छौं। सकेसम्म उत्कृष्ट दिने प्रयास गर्छौं। कहिले सफल हुन्छौं, कहिले असफल’ उनले भनेका छन्, ‘मलाई लाग्दैन कि एक वा दुई फिल्मले कलाकारको स्टारडम तय वा प्रभावित गर्छ।’

सलमान र शाहरुख ठूला कलाकार भएको भन्दै आमिरले उनीहरु महानायक भएको बताएका छन्। ‘म उनीहरुको कामको प्रशंसक हुँ। म वास्तवमा यसरी हामीबीच तुलना गर्नै चाहन्न। सबै व्यक्ति अलग र अद्वितीय हुन्छन्,’ उनले भने।

आमिरको आफ्नो प्रोडक्सन हाउसको नयाँ फिल्म ‘सिक्रेट सुपरस्टार’ को ट्रेलर सार्वजनिक भइसकेको छ। यो फिल्म आउँदो तिहारमा रिलिज हुनेछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.