यी बलिउड अभिनेत्रीले दिइन् प्रहरीमा यौन शोषणको उजुरी


बलिउड अभिनेत्री कोएना मित्राले एक अज्ञात व्यक्तिलाई यौन शोषणको आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गराएकी छन्।

उनले एक अज्ञात व्यक्तिले बारम्बार फोन गरेर रात विताउन प्रस्ताव गरेको भन्दै प्रहरीमा उजुरी दिएकी हुन्। उजुरी दर्ता गराएका एक प्रहरीले कोएनालाई बारम्बार एकै व्यक्तिले फरक फरक फोन नम्बरबाट अश्लील कुरा गर्दै रात बिताउने पैशा दिन्छु भनेपछि कोएनाले प्रहरीको साहरा लिएको बताए। उनले अहिले उक्त व्यक्तिको फोन डिटेल खोज्ने प्रयास भइरहेको बताए।

प्रहरी अधिकारीका अुनसार अभिनेत्री कोएनाले शनिबार ओशिवरा प्रहरी स्टेशनमा उजुरी दर्ता गराएकी हुन्। ती अज्ञात व्यक्तिको विरुद्ध कानुन बमोजिम मुद्दा दर्ता भएको उनले बताए।

कोएनाले फिल्म  ‘एक खिलाडी एक हसिना’, ‘अपना सपना मनी मनी’ जस्ता फल्ममा काम गरेकी छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.