बलिउड अभिनेता दिलीप कुमार अस्पताल भर्ना

बलिउड अभिनेता दिलीप कुमार अस्पताल भर्ना




बलिउडका सुपरस्टार दिलीप कुमार अचानक विरामी भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ। बुधबार राति किड्नीमा समस्या आएपछि दिलीपलाई लीलावती अस्पतालमा आईसीयुमा भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था स्थिर भएको चिकित्सकले जनाएका छन्। अहिले उनलाई जनरल वार्डमा राखिएको छ।

फिल्म ‘देवदास’ र ‘मुगल ए हजम’ जस्ता फिल्मबाट दिलीप निकै लोकप्रिय भएका थिए।
चिकित्सकले उनलाई पानीको कमी भएको बताएका छन्। ९४ वर्षका दिलीपको पछिल्लो केही समयमा स्वास्थ्य समस्या पनि बढ्दै गएको छ।

उनको साथमा उनकी पत्नी सायरा बानो सधैं रहने गरेकी छन्।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.