सलमान खानका सबै फिल्महरु अब अमेजन प्राइममा

सलमान खानका सबै फिल्महरु अब अमेजन प्राइममा




बलिउड अभिनेता सलमान खानले आफ्नो आगमी सबै फिल्मको वेब प्रशारणको लागि अमेजन प्राइम भिडियोसँग सम्झौता गरेका छन्। अमेजन प्राइम भिडियोले सलमानको अब सबै फिल्महरु वेब प्रशासरण गर्ने अधिका पाएको छ। जसको सुरुवात फिल्म ‘ट्युलाइट’बाट सुरु भएको छ।

यस सम्झौता अन्तर्गत सलमान खानको बेंचर्सबाट निर्माण हुने सबै फिल्मलाई हलमा लागिसकेपछि अमेजन प्राइमले कुनै टीभी, स्याटालाइट वा अन्य वितरण संस्था भन्दा दुई महिना अगाडी वेब प्रसारण गर्न पाउने छ।

सलमानका यसअघिका फिल्महरु ‘बजरंगी भाईजान’, ‘किक’, ‘जय हो’ र ‘हिरो’ पनि अमेजनमा समावेस हुनेछन्।

सम्झौतापछि सलमानले अमेजनको देशभर २ सय भन्दा बढी शाखा भएकाले भारतीय सिनेमाको विस्तारमा सहज हुने भएकाले उनले खुसी व्यक्त गरे।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.