यी हुन् डेब्यू फिल्म फल्प भएका १० बलिउड स्टार


भनिन्छ जीन्दगीमा सफल हुनका लागि मेहेनतका साथ भाग्यले पनि साथ दिनुपर्छ। आजको मितिमा सलमान खान बलिउडका बिकाउ स्टारहरूको सूचीमा सबैभन्दा माथि पर्छन्। आजकल उनका कुनै पनि फिल्मले १०० करोड भारू भन्दा कमको व्यापार गरेका छैनन्। आज यो सफलतालाई साथै लिएर हिडेका सलमानको फिल्मी करियरको सुरूवात सुखद रहेन्।

उनको डेब्यू फिल्म ‘बिबी हो तो ऐसी’ भन्ने फिल्म सुपर फ्लप भएको थियो। धेरैलाई त सलमानको यो पहिलो फिल्म हो भन्ने पनि थाहा छैन्। पछि उनले दोस्रो फिल्म ‘मैने प्यार किया’बाट धमाकेदार कम्ब्याक गरे। सलमानजस्तै बलिउडमा अरू यस्ता स्टारहरू छन् जसको पहिलो फिल्म फ्लप भएको थियो।

यस्ता ९ स्टारको सूचि यस्तो छ:

 

१.       क्याटरिना कैफ:

सुपरमोडल हुँदै बलिउड छिरेकी क्याटरिनाले ‘बुम’ फिल्मबाट डेब्यू गरेकी थिइन्। दनको सो फिल्म फ्लप भएको थियो। फिल्म रिलिज अगावै लिक भएपछि फिल्मको व्यापार नराम्री प्रभावित भयो।

 

२.       अमिताभ बच्चन:

अमिताभ बच्चनले ‘सात हिन्दुस्तानी’बाट डेब्ञ गरेका हुन्। उनको यो फिल्म फ्लप भयो। यस फिल्मबाट उनले सह-अभिनेताका लागि राष्ट्रिय पुरस्कार जितेका थिए।

 

३.       रेखा:

बाल कलाकारसमेत रहेकी रेखाको नायिकाको रूपमा फिल्मी करियर फ्लप फिल्मबाट नै सुरू भयो।

 

४.       रणविर कपुर:

संजयलिला भन्सालीको ‘सावरियाँ’बाट गरेको डेब्यू निरस रह्‍यो। सोही मितिमा रिलिज भएको शाहरूख कानको ‘ओम शान्ती ओम’को अगाडी फिल्म घुडाँ टेक्न बाध्य भयो।

 

५.       सोनम कपुर:

सोनमले पनि रणविरसँगै ‘साँवरियाँ’ डेब्यू गरेकी थिइन्। उनको सुरूवात पनि रणविरको जस्तै भयो।

 

६.       करिना कपुर:

उनले अभिषेक बच्चनसँग ‘रिफ्यूजी’बाट गरेको डेब्यू विर्सनलायक रह्यो। अभिनयका लागि तारिफ बटुलेपनि फिल्म वक्सअफिसमा असफल भयो।

 

७.       श्रद्धा कपुर:

श्रद्धा कपुरले आशिकी २बाट स्थापित भइन तर उनको डेब्यू फिल्म ‘तीन पत्ती’ चलेन।

 

८.       इमरान हासमी:

‘फुटपाथ’बाट डेब्यू गरेका इमरान हासमीका लागि उक्त फिल्म मिठो डेब्यू हुन सकेन।

 

९.       आदित्य रोय कपुर:

‘लन्डन ड्रिम्स’, ‘एक्शन रिप्ले’ र ‘गुजारिश’ गरि आदित्यका ३ फिल्म लगातार फ्लप भए। उनले पनि श्रद्धाले जस्तै ‘आशिकी २’बाट पहिलो सफलता हात पारे।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.