यी बलिउड अभिनेताका श्रीमतीले गरिन् आत्महत्या


बलिउड अभिनेता मनोज गोयलकी श्रीमतीले आत्महत्या गरेकी छन्। मनोजकी श्रीतमी निलिमाले आफ्नै घरमा आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

४० वर्षीय निलिमा श्रीमान मनोज र एक छोरीको साथमा मुम्बईमा बस्थिन्। आत्महत्या अघि निलिमाले एक सुसाइड नोट लेखेकी थिइन्।

प्रहरीले उक्त नोट आफ्नो कब्जामा लिएको छ। मुम्बईको समता नगर प्रहरी स्टेशनमा यो मुद्दा फाइल भएको छ।

अभिनेता मनोजले फिल्म बंटी और बबली, कम्पनी र ब्ल्याक जस्ता फिल्ममा खेलेका छन्। साथै उनले टीभी सिरियल पनि खेलेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.