‘बाहुबली’का भल्लालदेव अब हलिउडमा !


बलिउड फिल्म ‘बाहुबली’मा भल्लालदेवको भूमिका निभाउने राणा दग्गुबतीले अब हलिउडको तयारी गरेका छन्। राणाले फिल्म ‘बाहुबली’ र ‘बाहुबली २’ मा नेगेटिभ रोलमा देखिएपनि उनले धेरै फ्यान बनाएका छन्। आज उनको डिमान्ड हलिउड फिल्ममा पनि हुन थालेको छ।

दग्गुबतीले आफ्नो पहिलो हलिउड प्रोजेक्टको घोषणा गरेका छन्। दग्गुबतीका अनुसार युकेको स्टुडियो ‘द लण्डन डिजिटल मुभी एण्ड टीभी स्टुडियोज’ले उनलाई एशियन एम्बेसडर बनाएको छ। उनले उनीहरुसँग एक फिल्म पनि साइन गरेका छन्।

मिडिया रिर्पोट अनुसार उनको फिल्मको सुटिङ सन् २०१८ हुनेछ। एक अंग्रेजी अखबारका अनुसार यो कुराको पुष्टि निर्माता भारती कोमन्नाले गरेको भारतीय सञ्चारमाध्यम जीन्युज इन्डयाले जनाएको छ। तर उनको फिल्मको बारेमा अन्य केही जानकारी भने छैन।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.