‘कपिल शो’ मा अब यी कमेडियन नआउने !


केही समयअघि मात्र ‘द कपिल शर्मा शो’ मा जोडिएकी कमेडियन भारती सिंह बाहिरिने भएकी छन्।

छ वटा भागमा काम गरिसकेकी भारतीले कपिल शो कुनै छाड्नुका कारण उनको आफ्नै शो हो। चाँडै ‘कमेडी दंगल’ मा देखापर्ने भारतीले आफ्नो शो प्रशारण नहुन्जेल कपिलसँगै काम गर्ने बताएकी छन्।

एक अन्तर्वार्तामा बौल्दै उनले आफू थप दुई भागमा देखा पर्ने जानकारी दिएकी हुन्।

भारतीय समाचारमाध्यमका अनुसार उनको यो नयाँ शोबारे कपिललाई पहिले नै जानकारी थियो। कपिल शोमा आउनुअघि नै भारतीले ‘कमेडी दंगल’ का लागि सम्झौता गरिसकेकी थिइन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.