‘शाहरूख माइक्रोफोनसँग पनि रोमान्स गर्न सक्छन्’


शाहरुख खान र अनुष्का शर्माको नयाँ फिल्म ‘जब ह्यारी मेट सेजल’ आउँदैछ।

फिल्ममा शाहरुख र अनुष्काको रोमान्स देख्न पाइनेछ। फिल्मको एक रोमान्टिक नयाँ गीत ‘हवाएँ’ सार्वजनिक भइसकेको छ। यही गीत सार्वजनिक गर्ने कार्यक्रममा अनुष्काले शाहरुखको रोमान्सबारे बताएकी छन्।

अनुष्काको भनाइमा ‘रोमान्स किङ’ शाहरुखका लागि रोमान्स गर्न एकदमै सहज छ। यतिसम्मकी उनले माइक्रोफोनसँग पनि रोमान्स गर्न सक्छन्।

उनले भनिन्, ‘शाहरुखले रोमान्स गर्दा उनको आँखामा सत्यता झल्कन्छ। त्यो सबैले देखेका छन्। पर्दामा पनि त्यो देखिन्छ नै। मेरो विचारमा त उनी एक माइक्रोफोनसँग पनि सजिलै रोमान्स गर्न सक्छन्।’

यसैमा शाहरुखले रमाइलो प्रतिक्रिया दिएका छन्। माइक्रोफोनसँगको अनुष्काको भनाइमा उनले जिस्क्याउँदै भने, ‘हो, जबसम्म तिमीले माइक पक्डिरहेकी छौ, डार्लिङ।’

यही अगस्ट ४ मा रिलीज हुने उक्त फिल्म इम्तियाज अलीको निर्देशनमा बनेको हो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.