यी हुन् एकअर्कासँग काम नगर्ने बलिउड स्टार


दुई व्यक्तिको सहजता उनीहरूबीच रहने सम्बन्धको हार्दिकतामा टिकेको हुन्छ। बलिउडमा पनि केही यस्ता सम्बन्ध छन् जो हार्दिक रूपमा सुरू भए तर समयको क्रममा सम्बन्ध विभिन्न कारणले टुङ्गिए जसको असर उनीहरूको व्यवसायिक जीवनमा परेको छ।

उनीहरूको सूची यस्तो छ:

अजय देवगन-कंगना रनोट: अजय देवगन तथा कंगनाको अफेयरको खबर ‘वान्स अपन अ टाइम इन मुम्बई’को दौरानमा सतहमा आयो। उनीहरूको निकटताको प्रभाव अजयको वैवाहिक जीवनसम्म पुगेको बताइन्छ। काजोलसँग खटपट हुन थालेपछि अजय र कंगनाले एकअर्कासँग कहिले काम नगर्ने निर्णय लिएका छन्।

शाहरूख खान- प्रियंका चोपडा: शाहरूख खानलाई आफ्नी पत्नी गौरी खानप्रति समर्पित इमानदार पतिका रूपमा हेरिन्थ्यो तर उनी पनि डगमगाए। उनी प्रियंका चोपडासँग नजिक हुन पुगे। उनीहरूको यस सम्बन्धले शाहरूख पत्नी गौरीले शाहरूखसँग छुट्टिने मनस्थितिमा समेत पुगेको खबरहरू सार्वजनिक भए। पछि शाहरूखले आफ्नो पारिवारिक जीवन संकटमा परेपछि प्रियंकासँग दुरी बनाए। ‘डन २’मा काम गरेपछि शाहरूखले प्रियंकासँग कहिल्यै काम गरेका छैनन्।

अक्षय कुमार-प्रियंका चोपडा: प्रियंका चोपडाका कारण अक्षयको जीवनमा पनि समस्या आयो। केटीहरूसँग नजिकिने अक्षयको पुरानै बानीका कारण प्रियंकासँग नजिकिए। ‘वक्त’ फिल्ममा उनीहरूको सम्बन्धले पारो तताएपछि अक्षय पत्नी ट्विकंलले अक्षयलाई उपरान्त प्रियंकासँग काम नगर्ने वचन लिएकी थिइन्।

सलमान-ऐश्वर्या: एकताका दुबै गहिरो प्रेममा थिए तर त्यो दिगो हुन सकेन। सलमानले ऐश्वर्यालाई पिट्ने झगडा गर्ने गरेपछि उनीहरूको सम्बन्ध चिसियो, अन्तत: उनीहरू छुटिए। तत:पश्चात उनीहरू एकअर्काबाट छलिएर नै हिड्ने गरेका छन्। ऐश्वर्या हाल अभिषेक बच्चनसँग वैवाहिक जीवन विताइरहेकी छन्।

शाहिद कपुर-प्रियंका चोपडा: हरेक फिल्ममा काम गर्ने हिरोइनसँग शाहिदको नाम जोडिने गर्थ्यो। ‘तेरी मेरी कहानी’मा काम गरेपछि उनको नाम प्रियंका चोपडासँग जोडियो। यस अघि उनीहरूले ‘कमिने’मा काम गरिसकेका थिए। तर पछि उनीहरूको सम्बन्धमा चिसो आयो। ब्रेकअपपछि उनीहरूले फेरि एकअर्कासँग काम गरेनन् जबकी शाहिदले आफ्नी प्रेमिका करिना कपुरसँग भने ब्रेकअप पछि नि काम गरेका थिए।

अमिताभ बच्चन-रेखा: ‘दो अनजाने’को सेटबाट अमिताभको दिल रेखासँग जोडियो। अमिताभले रेखासँगको प्रेम कहिल्यै सार्वजनिक रूपमा स्वीकार गरेनन्। केही वर्षपछि अमिताभ र जयाको विवाह भयो र उनीहरूको प्रेममा विराम लाग्यो। त्यसपछी उनीहरूले आजसम्म साथै काम गरेका छैनन्।

जोन अब्राहम-विपाशा बसु: उनीहरू लामो समय लिव-इनमा बसे। उनीहरूलाइ सम्भावित पति-पत्नीका रूपमा हेरिएको थियो तर यसो हुन सकेन। सन् २०११ मा उनीहरू छुटिए। उनीहरूको त्यो सम्बन्ध विच्छेदले फिल्ममा पनि असर गर्‍यो। ब्रेकअप पछी उनीहरूले हालसम्म सँगै काम गरेका छैनन्। हाल दुवै वैवाहिक जीवनमा रहेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.