अक्षय कुमारले भनेः बाल यौन शोषणको सिकार भएको छु


बलिउड अभिनेता अक्षय कुमार हरेक विधामा आफुलाई अब्बल सावित गरेका छन्। सवैको प्रिय अभिनेता अक्षयले आफ्नो बाल्यकालको एक घटनाले अहिलेपनि डर लाग्ने बताएका छन्।

मानव बेचविखन विषयमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अक्षयले बाल्यकालमा आफुले यौन शोषणको सिकार हुनुपरेको बताएका छन्।

डीनए अनलाईनका अनुसार अक्षले बच्चा हुँदा आफु यौन शोषणको सिकार भएको बताएका छन्। उनले कार्यक्रममा बाल्यकालमा एक लिफ्टम्यानले उनलाई गलत तरिकाले छुने कोशिश गरेको बताएका थिए।

खुला विचारको परिवारभएका कारण अक्षयले यस विषयमा आफ्नो बुवाआमासँग कुरा गरेका थिए। उनको बुवाआमाले छानविन गर्दा उक्त व्यक्ति यस्तै अन्य मुद्दामा समातिएको थाहा पाए।

अक्षयले सम्मेलनमा हिजोआज बालबालिकाको यौन शोषणको घटना झन् बढेका र यस्तो गलत कामको बारेमा बालबालिकाले आफ्नो अभिभावकसँग सेयर गर्न पनि नसक्ने उल्लेख गरे।

अक्षयले अभिभावकले नै आफ्नो बच्चालाई यस्तो विषयमा बोल्न र सचेत हुन सिकाउनुपर्ने बताएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.